राजनीति

तराईको कुरा गरेर तराईकै अस्तित्व समाप्त गर्ने सरकारको षड्यन्त्र– ओली

तराईको कुरा गरेर तराईकै अस्तित्व समाप्त गर्ने सरकारको षड्यन्त्र– ओली
पुस–२२ । प्रमुख विपक्षी एमालेसहित ९ दलको भृकुटीमण्डप परिसरमा भइरहेको जनपदर्शनमा एमालेका अध्यक्ष केपी ओलीले सभालाई सम्बोधन गर्दै सरकारले मधेसको कुरा गर्ने तर भोजपुरी, मैथिली, थारु जस्ता हाम्रा भाषाहरु समाप्त गर्ने षड्यन्त्र रचेको आरोप लगाएका छन् । उनले संविधान संशोधन पास गर्दा मुलुकको नोक्सानी हुने र संशोधन कुनै हालतमा पास हुन नदिने बताएका छन् । उनले भने,‘कौडा खेल्दा कौडाको होइन सम्पत्तिको नोक्सान हुन्छ, तास खेल्दा जित्नेले तासको पत्ता होइन सम्पत्ति, पैसा नै लान्छ ।’ त्यस्तै तराईमा एमालेको ठूलो सभा हुने कुरालाई सम्बोधन गर्दै उनले सभा ड्रोन क्यामेराले नभ्याउने भएकोले स्याटलाइटले खिच्नु पर्छ भनेका छन् । देशभक्ति आन्दोलनको लागि आगामी फागुनको दास्रो सातादेखि मेचीकाली यात्रा पनि सुरु गर्ने बताएका छन् ।

केपी ओली जनपदर्शन संविधान संशोधन

विशेष