राजनीति

‘गतिरोध अन्त्यका लागि परिमार्जनसहित संविधान संशोधन आवश्यक’

‘गतिरोध अन्त्यका लागि परिमार्जनसहित संविधान संशोधन आवश्यक’
पुस–२४ । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि परिमार्जनसहित संविधान संशोधन एक मात्र विकल्प रहेको बताएका छन् । नेपाल प्रेस सोसाइटी सिरहाले अार्इतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकलाई सङ्कटबाट जोगाउन र संविधानमा सबै समुदायको अपनत्व झल्किने गरी परिमार्जनसहित संशोधनका लाागि एमालेले मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिए । संयोजक डा भट्टराईले भने, “राष्ट्रको मुख्य मुद्दामा प्रमुख राजनीतिक दलले असन्तुष्ट पक्षको मागप्रति साझा धारणा बनाउन ढिलाइ गर्नुहुँदैन ।” तराईमा दुई र पहाडमा आठ प्रदेश कायम हुने गरी सीमाङ्कन गरिए चाँडै समाधान निस्किने विश्वास उनले व्यक्त गरे । रासस

डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी संविधान संशोधन

विशेष