एमाले फुटाएर भए पनि दुईतिहाइ पुर्याउने रणनीतिमा मधेसी मोर्चा
पुस २५ । संसदमा संविधान संशोधन विधेयक प्रस्तुत भएपछि मधेसी मोर्चा दुईतिहाइ मत पुर्याएर पास गर्ने रणनीतिमा लागेको छ । संशोधनको विपक्षमा रहेका एमालेसहितका विभिन्न दलका मधेसी र जनजाति सांसदहरुलाई संशोधनको पक्षमा मतदान गर्न आह्वान गर्ने तयारी मोर्चाले गरेको छ ।
प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि मोर्चाले संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनेछन् । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवका अनुसार संशोधन विधेयक परिमार्जनसहित पारित गराउन मधेसी मोर्चा र गठबन्धनले भूमिका खेल्नेछ । –नयाँ पत्रिकाबाट