भिडियो कुरा: खस्रा मिठा

प्रचण्ड छेपारा हुन्, ओलीले देश टुक्रयाउँछन्, बाबुरामको भो कुरै नगरौं (भिडियोसहित)

प्रचण्ड छेपारा हुन्, ओलीले देश टुक्रयाउँछन्, बाबुरामको भो कुरै नगरौं (भिडियोसहित)

पुस २५ । अरुण सुवेदीको वर्तमान परिचय व्यवसायी हो । कुनै बेला राजनीतिमा चुर्लुम्म डुबेका कारण उनी व्यवसायका वावजुद राजनीति मन्थन नगरी बसिरहन सक्दैनन् । उनी लेख लेख्छन् । समसामयिक राजनीतिलाई मनन गर्ने र त्यसलाई इतिहाँसको कडीसँग जोडेर राजनीतिलाई स्पष्ट पार्न सुवेदी खप्पिस छन् ।

हरेकजसो पार्टी र मुख्य नेताहरुको विशेषता र कमजोरीलाई रोचक र कसिलो ढंगले प्रहार गर्ने सुवेदीलाई हामीले सोध्यौं, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कस्ता नेता हुन् ?’ उनले जवाफ फर्काइहाले, ‘खासमा उनी कस्ता पनि होइनन्, आफ्नो मतलवका लागि जस्ता पनि बन्न सक्न् । जस्तो रुप, रंगमा पनि फेरिन सक्छन् । उदाहरणका लागि छेपारो । जसरी छेपारोले जस्तो पनि रंग फेर्छ प्रचण्ड त्यस्तै हुन् ।’

 

प्रखर राष्ट्रवादीको छबि बनाउँदै गएका केपी ओलीमा विखण्डको छायाँ देख्छन् सुवेदी । सुवेदीको मतमा यो देश यदि कसैले विखण्डन तिर लैजाँदै छ भने त्यो व्यक्ति केपी ओली मात्रै हुन् । तराईवासीलाई चिढ्याउने गरी अभिव्यक्ति दिने, उनीहरुलाई राजनीतिबाट सिमान्तमा पार्दै लैजाने नीति ओलीको छ । यसले केही समयमा यो नेपालमा मधेसीका लागि कुनै स्थान रहेन भन्ने स्पष्ट छाप छाडेपछि त्यसैबाट विखण्डको शुरुवात हुने सुवेदीको दाबी छ ।

 

अहिलेको राजनीति स्वतस्फूर्त नभएर भारतबाट डिजाइन भएको खेल चलिरहेको उनको मत छ । भारतमा अर्को निर्वाचन नभएसम्म नेपालमा यस्तै कचिंगल भइरहने उनले बताए । विकासका पक्षमा चर्को वकालत गर्ने नयाँ शक्तिका नेता बाबुराम भट्टराई कस्ता नेता हुन् भन्ने प्रश्न उनलाई राखिएको थियो । उनले नयाँ शक्तिका नेता भट्टराईमा विकासको चस्का पसेको तर राजनीति दूराशयपूर्ण भएकोले विकासको अर्थ नहुने उनले बताए ।

 

arun kumar subedi political analyst कुरा: खस्रा मिठा अरुणकुमार सुवेदी

विशेष