राजनीति

‘पहाड–तराई छुट्याउने गरी सीमाङ्कन गर्नु राम्रो होइन’

‘पहाड–तराई छुट्याउने गरी सीमाङ्कन गर्नु राम्रो होइन’
पुस - २५ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले प्रदेश सीमाङ्कनका विषयमा प्रदेश नं ५ मा देखिएको विवाद सुल्झाउने जिम्मा सोही प्रदेशका नागरिकको रहेको बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा काँग्रेस कञ्चनपुरले आयोजना गरेको स्वागत कार्यक्रममा उनल सीमाङ्कनका विषयमा आवश्यक परे सोही प्रदेशका नागरिकको जनमतसङ्ग्रह पनि गर्नुपर्ने बताए। उनले भने, “पहाड–तराई छुट्याउने गरी सीमाङ्कन गर्नु राम्रो विषय होइन ।” उनले सरकारले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने मागसमेत गरे । संसद्मा टेबल गरिएको संशोधन विधेयकमा निर्वाचनसम्बन्धी बुँदालाई छिटो पारित गरेर सरकार निर्वाचनको तयारीमा जुट्नुपर्नेमा उनले जोड दिए ।

Dr Ramsaran Mahat

विशेष