विचित्र विश्व

विरामीले यौन सम्बन्ध राख्दा सरकारले पैसा तिरिदिनु पर्ने

विरामीले यौन सम्बन्ध राख्दा सरकारले पैसा तिरिदिनु पर्ने
जर्मनको ग्रीन पार्टीले अशक्ति विरामीले शारीरिक सम्बन्ध राख्दा लाग्ने खर्च सरकारले गरिदिनु पर्ने भाग गरेको छ । पार्टीका प्रवक्ताले भने अपांग र गम्भीर विरामीहरुले पैसा तिरेर शारीरिक सम्बन्ध राख्छन् भने उनीहरुको पैसा सरकारले फिर्ता गरिदिनु पर्दछ । विरामीले शारीरिक सम्बन्ध राखेर पैसा फिर्ता पाउन भने दुई वटा सर्त पूरा गर्नू पर्ने हुन्छ । पहिलो सेक्सको आवश्यकता रहको चिकित्सकीय रुपमा प्रमाणित गर्नुपर्नेछ । अर्काे सर्त सेक्स वर्करलाई दिने पैसा नभएको पनि सावित गर्नु पर्नेछ । जर्मनीमा २००२ देखि वेश्यापवृत्ति बैधानिक छ । समाचारमा जनाइए अनुसार जर्मनीमा वेश्यावृत्तिलाई पेश बनाउनेहरुको संख्या बढ्दो छ । पछिल्ले समयमा सेक्स वर्करहरले केयर होममा नै सेवा दिन थालेको बताइन्छ । शारीरिक सम्बन्ध केही विरामीहरुलाई वर्दान जतिकै हुन एक एक नर्सिङ होमका यौनसम्बन्धी सल्लाहकारले बताए । सांसद एलिजाबेथ साफनबर्गले एक पत्रिकालाई यौन सम्बन्धका लागि पैसा दिएको कल्पना गर्न सक्ने बताएकी छिन् । नेदल्याण्डमा याे भन्दा पहिला नै विरामीको उपचारमा लाग्ने खर्चमा यौन सम्बन्धमा लाग्ने खर्चलाई पनि समावेश गरिएको हुन्छ ।

जर्मन याैन सम्बन्ध

विशेष