विचित्र विश्व

जब अण्डरवेरमा युवा युवति सडकमा आए (भिडियोसहित)

जब अण्डरवेरमा युवा युवति सडकमा आए (भिडियोसहित)

एजेन्सी ।   लन्डनका अण्डरग्राउण्ड ट्रेन स्टेसनहरुमा अनौठो दृष्य देखियो । कम्मरमाथि पुरा लुगा लगाएका तर कम्मरमुनी अन्डरवेयर मात्र लगाएका युवा–युवती यत्रतत्र थिए । खासमा उनीहरु ‘नो ट्राउजर्स अन द ट्युव डे’ मनाउँदै रहेछन् ।

न्यूयोर्क शहरको सार्वजनिक यातायात प्रणालीमा केही मुठ्ठीभर व्यक्तिहरुले सन् २००१ देखि सुरु गरेको उरन्ठेउलो अभियानले अहिले अन्तर्राष्ट्रिय दिवसको रुप लिएको छ ।

यही दिवस मनाउने क्रममा लन्डनमा पनि सयौं युवा–युवतीहरु चिसो मौसमलाई जिस्क्याउँदै अन्डरवेयर लगाएर सव वेमा यात्रा गरे । उनीहरुले माथि ज्याकेट, कोट, टोपी, स्कार्फ लगायत न्यानो कपडा लगाएका थिए भने खुट्टामा जुत्ता–मोजा लगाएका थिए । अन्ययात्रुहरुले उनीहरुलाई अचम्बित भएर हेरिरहे ।

बिहान तीन बजेदेखि नै मानिसहरु लुगा फुकालेर ट्रेन स्टेसनमा पस्न थालेका थिए । दिवस मनाउने नाममा धेरै नग्नता र छाडापन प्रदर्शन नगर्न सहभागीहरुलाई आयोजकले आग्रह गरेका थिए ।

न्यूयोर्कबाट मनाउन थालिएको नो ट्राउजर्स डे लन्डन, टोरन्टो, मेक्सिको सिटी लगायत विश्वका विभिन्न शहरहरुमा मनाइएको छ । विश्वभर ९ हजारदेखि १० हजार व्यक्तिहरुले नो ट्राउजर्स डेमा भाग लिएको अनुमान छ ।

No Underway Day

विशेष