डलर खन्याएर संसद किन्ने पश्चिमा एजेन्टलाई सभामुख घर्तीले थर्काएर पठाइन्
पुस २७ । देशमा संविधान बनेर पनि कार्यान्वयन गर्न जटिलता पैदा भइरहेको छ । तर प्रस्तावित मुलुकी ऐनका केही अनुबन्धनलाई लिएर संसदभित्र पहिलो संविधानसभाकालीन वितण्ड बल्झाउने अभ्यास चलिरहेको छनक मिलको छ । एकजना पूर्व सांसदले एक हप्ताअघि सभामुख ओनसरी घर्तीलाई भेटेपछि ।
पहिलो संविधानसभा छँदा वितण्डा सम्झनुस त । महिला र जातपिच्छे अलत अलग कोटरी, संविधानसभा छलफलका लागि ल्याएका विषयमा सदनभित्र छलफल नहुने ककसमा छलफल गरेर धारणा बनाउने । हुँदाहुँदा कुन पार्टीका महिला आदिबासी जनजातिमाथि कस्तो व्यवहार भयो भनेरसमेत ककसले निगरानी राख्ने पार्टी फुटाउने कुरालाई प्रेरित गर्ने दोस्रो चुनावलगत्तै सबै पार्टीले खबरदारी गर्दा त्यस्तो समानान्तर प्रकृतिको संसद बन्न त पाएन ।
तर, एक हप्ताअघि बुलावाटारस्थित सभामुख निवासमा पूर्वसभासद तथा अघिल्लो सरकारद्वारा अस्ट्रेलियाका लागि राजदूत प्रस्तावित लक्की शेर्पा पुगिन र अनुरोध गरिन् । स्वीडेनस्थित स्टकहोममा मुख्यालय रहेको इन्टरनेसनल इन्स्टिच्युट लाई एउटा पत्राचार गर्न । यो त्यही संस्था हो । जसले पहिलो संविधानसभामा जातीय राज्य र लिंगीय मागहरु चर्काएर वितण्ड मच्चाउने र ककस गठन गरी सांसदहरुलाई पल्काउने गरेको थियो ।
लक्कीले इन्टरनेसनल आइडियाकी नेपाल प्रमुख सेरीलाई पनि लिएर गएकी थिइन् । सभामुखसँग सेरीले समावेशिकरणका मामिलालाई कार्यान्वयन गर्ने सन्दर्भमा इन्टरनेशनल आइडिया फेरि नेपालका सांसदसँग काम गर्न इच्छुक रहेको सुनाइन र माग गरिन आफ्नो हेडक्वाटरलाई पत्राचार गरिदिन । सेरीले भनेअनुसार उनको हेडक्वाटर नेपाल र भुटानमा समावेशिकरणको मामिलामा लगानी गर्न इच्छुक छ । यसबारे ओनसरी उति जानकार थिइनन् । सेरेको कुरा सुन्नासाथ महासचिव मनोहर भट्टराईलाई फोनमा सोधिन् । महनोहरले पुरानो कुरा सम्झाएपछि ओनसरीले लक्कीलाई भनिन्, ‘तपाई नचाहिने नचाहिने कुरा लिएर आउने ? म यस्तो गर्न सक्दिनँ ।
–जनआस्था साप्ताहिकबाट