राजनीति

सहमतिका लागि एमाले एक कदम पछाडि हट्छ : सचिव भट्टराई

सहमतिका लागि एमाले एक कदम पछाडि हट्छ : सचिव भट्टराई
पुस - २७ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल अहिले अप्ठ्यारो परिस्थितिमा पुगकाले अब तीन दल मिल्नुको विकल्प नभएको बताएका छन् । संविधान जारी गर्दा १६ बुँदे सहमति गरेका दल अब फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिंँदै उनले सहमतिका लागि एमाले एक कदम पछाडि हट्न तयार रहेको समेत बताए । प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले हिमाल, पहाड, तराईलाई छुट्याउने गरी आएको संविधान संशोधन प्रस्तावले जनताको बलबाट हासिल भएको उपलब्धि खोसिने खतरा रहेकाे उल्लेख गरे ।

नेकपा एमाले याेगेश भट्टरार्इ

विशेष