राजनीति

सुशासन कायम राख्न राजनीतिज्ञ र कर्मचारी एकजुट हुनुपर्छ : डा कोइराला

सुशासन कायम राख्न राजनीतिज्ञ र कर्मचारी एकजुट हुनुपर्छ : डा कोइराला
पुुस - २७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम राख्नका लागि राजनीतिक दल र कर्मचारी एकजुट हुनुपर्ने बताएका छन्। प्रशासन व्यवस्थापन र विकास केन्द्र (कामाद)ले बुधबार आयोजना गरेको ‘राजनीति र प्रशासनको अन्र्तसम्बन्ध एवम् यसको वर्तमान अवस्था’ विषयक अन्तक्र्रियामा डा कोइरालाले राजनीतिक दल र कर्मचारी एकजुट भएमात्र मुलुकको विकास सम्भव भएको बताए । उनले भने “कर्मचारी र राजनीतिज्ञबीच मनमुटाव भयो भने विकास सम्भव छैन ।” उनले  ट्रेड युनियनका नाममा कर्मचारीको सरुवा गरेर पैसा लिने गरेको भन्दै यस्तो कार्यले कर्मचारीको कार्यक्षमताप्रति नकारात्मक सन्देश जाने स्पष्ट पारे । पूर्वसचिव विश्वप्रकाश पण्डितले बेलाबेलामा हुने सरकार परिवर्तनले कर्मचारीतन्त्रमा ठूलो प्रभाव पार्ने बताए । उनले भने “कर्मचारीभित्र पनि पार्टीको गोप्य सदस्यता लिने संस्कृति बढेको छ यसलाई रोक्नु जरुरी छ ।” पूर्वसचिव कृष्ण ज्ञवालीले कर्मचारीले राजनीतिक नगरे पनि मुलुकको राजनीतिक अवस्था बुझ्नुपर्ने बताए। उनले भने, “राजनीतिज्ञले नीतिनियम बनाए पनि कार्यान्वयन गर्ने जिम्मा कर्मचारीको भएकाले राजनीतिक बुझ्नुपर्छ ।” निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले राजनीतिज्ञले प्रशासन र प्रशासनले राजनीतिज्ञको भावनालाई बुझेर अगाडि बढेमात्र मुलुक विकासको बाटोमा पुग्ने बताए ।

डा शेखर कोइराला

विशेष