राजनीति

स्ववियुका लागि क्रान्तिकारीले प्रत्येक कलेजमा चुनावी कमान्डर तोक्ने

स्ववियुका लागि क्रान्तिकारीले प्रत्येक कलेजमा चुनावी कमान्डर तोक्ने
पुस - २७ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनका लागि स्ववियु निर्वाचन हुने देशभरका सवै कलेजमा चुनावी कमान्डर तोक्ने भएको छ। बुधबार बसकाे बैठकले चुनावी कमान्डर ताेक्ने निर्णय गरेकाे हाे । डेढ महिने विद्यार्थी जागरण अभियानको समीक्षा र स्ववियु निर्वाचनको तयारीका लागि काठमाडौंमा पौष २७ गतेवाट क्रान्तिकारी पदाधिकारीको वैठक शुरु भएको छ। बैठकमा अध्यक्ष नरेन्द्र न्यौपानेले देशभरका सम्पूर्ण कलेजका कमाण्डर तोकेर पूर्ण रुपमा स्ववियुमा होमिने बताए । वुधबार अध्यक्षद्वारा वैठकमा ऐजेण्डा प्रस्तुत र देशभरको रिपोर्टिङ भएको छ। भोलि विहिवार वैठकलाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा वादलले प्रशिक्षण दिने कार्यक्रम रहेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले वताए । भोलि नै कलेज कमाण्डर टुंगो लागेपछि बैठक समापन हुने उनले जानकारी दिए ।

स्ववियु

विशेष