राजनीति

बहुमत ल्याएर संविधान संशोधन गर्नुहोस : नेता भट्टराई

बहुमत ल्याएर संविधान संशोधन गर्नुहोस : नेता भट्टराई
पुस - २७ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले निर्वाचनबाट बहुमत ल्याएर संविधान संशोधन गर्न नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई आग्रह गरेका छन् । संविधान संशोधनको विरोधमा संयुक्त सघर्ष समितिले आज घोराहीमा आयोजना गरेको विरोधसभामा उनले भने – एमाले निर्वाचनका लागि तयार रहेको छ । भट्टराईले “मिति घोषण गरेर निर्वाचनमा जाऔँ” भन्दै निर्वाचन गराउने मौका इतिहासले प्रदान गरेको हुँदा यसको सदुपयोग गर्नसमेत प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए। अहिले संविधान संशोधन नभई कार्यान्वयन गर्ने वेला रहेको बताउँदै उनले मधेसबाट एक सिट नजितनेले मधेसको प्रतिनिधित्व गर्न नसक्ने बताए ।

योगेश भट्टराई

विशेष