राजनीति

भारतसँग लम्पसार परेको भन्दै प्रचण्डसंग यसरी रिसाए नारायणकाजी

भारतसँग लम्पसार परेको भन्दै प्रचण्डसंग यसरी रिसाए नारायणकाजी

पुस २८ । सरकारले माथिल्लो कर्णाली आयोजनाको आर्थिक स्रोत व्यवस्था गर्नका लागि भारतीय कम्पनीलाई थप एक वर्ष समय थप्नेगरी गरेको निर्णयको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कडा विरोध गरेका छन् ।

भारतीय कम्पनी जिएमआरलाई दिएको १ वर्षको अवधि सकिएपछि सोही प्रयोजनाका लागि अर्को एक वर्षको समय थपेपछि श्रेष्ठले उक्त निर्णय अनुचित भन्दै विरोध गरेका हुन् । उनले उक्त परियोजनामा लागू गर्ने भनिएको पीडिएका मोडेल नेपालको राष्ट्रिय हित अनुरुप नभएकोले त्यसको आमरुपमा विरोध भएको स्मरण समेत गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेशबुक मार्फत, ‘यो उपयुक्त अवसर थियो, जिएमआरले साँच्चै ९०० मेगावाटको जलविद्युत परियोजना बनाउन चाहेको हो भने त्यही क्षमताको अर्को योजना दिनेगरी सहमति सम्झौता गर्न सकिन्थ्यो ।’ उनले त्यसो नगरी अहिले गरिएको निर्णय गलत भएको छ ।’

Narayankaji Shrestha

विशेष