राजनीति

चीनतिरको नाका खोल्दा वातावरण बिग्रन्छ भन्ने मन्त्रीको पद धरापमा

चीनतिरको नाका खोल्दा वातावरण बिग्रन्छ भन्ने मन्त्रीको पद धरापमा

संचारमन्त्री भएको केही दिनमै उत्तरतिरको नाका खोल्दा पर्याबरण बिग्रन्छ भन्ने अभिव्यक्ति दिएपछि आलोचित भएका संचारमन्त्री सुरेन्द्र कार्कीको पद धरापमा परेको छ । सरकारका कामलाई आमरुपमा सम्प्रेषण गर्नुपर्ने जिम्मेवारीमा रहेका कार्कीको अभिव्यत्तिले उनीप्रति आंशका बढेको थियो । सरकारले राष्ट्रियताका पक्षमा गरेका कामलाई सरकारी संचारमाध्यममा समेत राम्रो स्थान दिलाउन नसकेको आरोप उनीमाथि छ । प्रधानमन्त्रीले सरकारी संचारमाध्यममा आफ्नो नाम प्रचण्ड लेखाउन सार्वजनिक निर्देशन दिनुपर्ने स्थिति सृजना भएको थियो ।
विवादको बल्झायो रेडियो नेपालले रेडियो नेपालको कार्यकारी निर्देशकमा प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा काठमाडौंमा एसटिएफ रहेका सन्तोष पौडेललाई नियुक्त गर्न चाहेका थिए । प्रचण्डको निकट रही काम गर्दै आएका पौडेलले शान्ति प्रक्रियामा आइसकेपछि सहिद परिवार उर्मिला माझीलाई विहे गरेर उदाहरणीय नमुना प्रस्तुत गरेका थिए । पूर्वपतिबाट जन्मिएकी छोरीलाई समेत अभिभावकत्व प्रदान गरेपछि पौडेलको चर्चा सर्वत्र भएको थियो । जनयुद्ध शुरु हुनु पूर्वदेखि माओवादीमा सक्रिय रहेका तथा विभिन्न संचारमाध्यमको सम्पादकीय जिम्मेवारी निर्वाह गरिसकेका पौडेललाई निर्देशकमा नियुक्त गर्नका लागि प्रचण्डले पटक पटक निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशन अटेर गर्दै मन्त्री कार्कीले खुला विज्ञापन गरेका थिए । खुला विज्ञापनमा आवेदन दिएका पौडेलको फाइल हेर्दै नहेरी संचार मन्त्रालयले फिर्ता गरेपछि माओवादी पत्रकारका बीचमा असन्तुष्टि चर्किएको थियो । पौडेलको फाइल फिर्ता गरेपछि मन्त्री कार्कीले फोरम गणतान्त्रिक पृष्ठभुमी भएका सुरेश कार्कीलाई नियुक्ति गर्ने प्रयास गरेका थिए । कार्कीलाई निर्देशकमा निरन्तरता दिन प्रधानमन्त्रीले इन्कार गरेपछि खुला विज्ञापन गरिएको थियो । विज्ञापन खोलेपछि पनि उनै कार्कीलाई अघि सारेपछि प्रधानमन्त्री आक्रोशित भएको बुझिएको छ । संचारमन्त्री कार्कीको संशययुक्त भुमिकाका कारण सरकारी संचारमाध्यममा नियुक्तिको प्रक्रिया लम्बिएको वा नियुक्ति हुने सम्भवना टर्दै गएको माओवादीवृत्तमा चर्चा छ । कार्कीले माओवादी कार्यकर्तालाई जागिरका लागि जनयुद्ध लडेको हो र भन्दै पन्छाउने गरेको बताइन्छ । माओवादी निकट पत्रकारहरुले उनीमाथि आर्थिक चलखेलको आरोप लगाइरहेका छन् ।

Ram karki surendra karki

विशेष