राजनीति

परिमार्जनसहित संशोधन प्रस्ताव पारित हुनुपर्छ–गच्छदार

परिमार्जनसहित संशोधन प्रस्ताव पारित हुनुपर्छ–गच्छदार
पुस - २८ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा संशोधनको प्रस्ताव मौन रहेकाले सो प्रस्ताव अधुरो र अपुरो रहेको विचार व्यक्त गरे । ‘आठ प्रदेश बनाउने सम्बन्धमा विगतमा भएका सहमतिलाई प्रमुख तीन दलले तोडेको कारण’ले समस्या सिर्जना भएको बताउँदै उनले सीमाङ्कनको विषय राजनीतिक भएकाले दलहरूबीच सहमति आवश्यक रहेकामा जोड दिए ।

Bijay Kumar Gachhyadar

विशेष