राजनीति

प्रचण्ड कम्युनिष्ट होइनन् : ओली (भिडियोसहित)

प्रचण्ड कम्युनिष्ट होइनन् : ओली (भिडियोसहित)

पुस २९ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलेले माओवादी केन्द्र कम्युनिष्ट नभएको बताएका छन् ।

एमाले नेता एवं साहित्यकार प्रदीप नेपालले लेखेको उपन्यास ‘आमाको मन’ लोकापर्ण गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट असल चरित्रको हुन पर्ने भन्दै यस्तो बताएका हुन् । कांग्रेस–माओवादीप्रति लक्षित गर्दै ओलीले सबै क्षेत्रमा ठीक–बेठिक चरित्रका व्यक्तिहरु हुने र अहिले लम्पसारवादीहरु पनि देखा परेको बताए । उनले एमाले लम्पसारवादको विरुद्धमा रहेको समेत बताए । ओलीले अहिले पनि राजतन्त्र ठीक भन्नेहरु नेपालमा रहेको भन्दै नेपालमा राजतन्त्र कुनै हालतमा संभव नभएको दाबी गरे ।

साहित्यकार प्रदीप नेपालको ६४ औँ जन्मदिनको अवसर पारेर प्रकाशन गरेको सो पुस्तक लोकापर्णको व्यवस्थापन अनेरास्ववियुले गरेको थियो ।

KP Oli maobadi

विशेष