भिडियो

कृपासुरले हालेको हिरासतबाट छुटेपछि छोरा गणेशले भने, ‘यस्ता बाउ त दूनियाँमा कसैको नहोउन्’ (भिडियोसहित)

कृपासुरले हालेको हिरासतबाट छुटेपछि छोरा गणेशले भने, ‘यस्ता बाउ त दूनियाँमा कसैको नहोउन्’ (भिडियोसहित)

पूर्वमन्त्री तथा एमालेका सांसद कृपासुर शेर्पाले पदीय शक्ति प्रयोग गर्दै आफ्नै छोरालाई पाँच दिनको प्रहरी हिरासतमा पुर्याए । हिरासत मुक्त भएपछि कृपासुरका माइली दलित पत्नीतर्फका छोरा गणेशले भने, ‘दुनियाँमा यस्ता बाउ त कसैका नहोउन् ।’

सुशील कोइराला प्रधानमन्त्री हुँदा पर्यटनमन्त्री भएका कृपासुरका दलितपट्टिका छोरा गणेशको विषय बाहिर आएको थियो । नागरिकतासमेत नदिई अधिकारबाट वञ्चित गरिएका गणेशको विषय बाहिरिएपछि कृपासुरले मन्त्री पद जोगाउन उनलाई नागरिकता दिएका थिए ।

कृपासुरले नागरिकता दिए पनि अंश दिन आनाकानी गर्दै आएका थिए । अंश सम्बन्धी कुराकानी गर्न कृपासुरले छोरालाई बोलाएर केही दिन अघि प्रहरीमा बुझाएका थिए । हिरासतबाट छुटेपछि उनले रुँदै भने, ‘यति लामो जीवन नागरिकता बिना नै बाँचे । पद जोगाउन नागरिकता दिए । विदेश पठाइदिन्छु भन्ने आश्वासन दिए । घर ना घाटको भएँ म ।’

ताप्लेजुङमा सरकारी जागिरे कृपासुरले ३५ वर्ष अघि स्थानीय धनमाया दर्नालसँग प्रेमको नाटक गरेका थिए । धनमाया कृपासुरबाट गर्भवती भएपछि उनी ताप्लेजुङबाट भागे । धनमायाबाट गणेश जन्मेपछि सामाजिक तिरष्कार सुरु भयो । गणेश अलि ठूलो भएपछि धनमायाले कृपासुरले दिएको पीडा खप्न नसकेर मानसिक सन्तुलन गुमाइन् । केही महिना अघि उनको निधन भयो । धनमायाको निधनमा पनि कृपासुर अन्तिम संस्कारमा पुगेनन् ।

दलित भएकै कारण गणेशले पाएको दुःखलाई राष्ट्रिय दलित आयोगले गम्भीरतापूर्वक लिएको छ । आयोगका सदस्य बुद्धिमान परियारले भने, ‘मन्त्री भइसकेको, सांसद जस्तो व्यक्तिलाई उहाँको पार्टीले यस्तै सामाजिक संस्कार सिकाएको रहेछ ? भनेर कसैले प्रश्न गर्यो भने के भन्ने ? उहाँले त अत्याचार नै गरेको देखियो ।’

कृपासुरले दिएको पीडा उनका छोरा गणेशले यसरी पोखेः

[embed][/embed]
कृपासुरको अत्याचारमा राष्ट्रिय दलित आयोगका सदस्य बुद्धिमान परियारले यस्तो टिप्पणी गरेः [embed][/embed] र यो  पनि,

लाज पचेका एमाले नेताबारे बुहारीको सनसनीपूर्ण बयान

अंश माग्ने छोरालाई एमाले नेताले लगाइदिए हतकडी

दलित पत्नीपट्टिका बुहारी र नातिनातिना घर पस्न खोज्दा कृपासुरले गोली ठोकेर मार्ने धम्की दिए

   

ganesh sherpa kripasur sherpa

विशेष