भिडियो

नयाँ शक्तिका केन्द्रीय सदस्य नै भन्छन्, ‘...हो, बाबुरामको आत्मामा भारत बसेको छ’

नयाँ शक्तिका केन्द्रीय सदस्य नै भन्छन्, ‘...हो, बाबुरामको आत्मामा भारत बसेको छ’

पुस २९ । नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले संयोजक डा. बाबुराम भट्टराईको आत्मामा भारत बसेको बताएका छन् । नेपालआजसँग कुरा गर्दै भट्टराईले भने, ‘नेपालका धेरै नेताले आफ्नो आत्मामा भारत राखेका छन् । यो सत्य कुरा नै हो । यसमा के भन्नु । यसमा संयोजक डा. भट्टराईको आत्मामा पनि भारत छ ।’

बाबुराम भट्टराईका ‘आलोचक–समर्थक’का रुपमा आफूलाई चिनाउन चाहने भट्टराईले जातीय पहिचानका आधारमा प्रदेशको नामांकन गर्नु हुँदैन भन्ने जान्दा जान्दै संयोजक फेरि जातजातिलाई उचाल्न लागि परेको संकेत गरेका छन् । डा. भट्टराईले खसहरुलाई चिढ्याएको, लोकमान प्रकरणमा दैध चरित्र देखाएको आरोप पनि केन्द्रीय सदस्य भट्टराइको छ ।

बाबुरामले सार्वजनिक आत्मा आलोचना गर्नुपर्छ भन्ने भट्टराईको ध्यानाकर्षण पत्र श्री डा. बाबुराम भट्टराईजी संयोजक नयाँ शक्ति पार्टी, नेपाल विषयः ध्यानाकर्षण गराएको बारे । महोदय, तपाई तत्कालीन एमाओवादी पार्टी छोडेर नयाँ शक्ति निर्माण अभियानमा लागेकेै दिनबाट म पनि यो अभियानमा सामेल भएको हुँ । मैले बुझेसम्म माक्र्सको द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद मान्ने , पाँच ‘स’लाई नयाँशक्तिको सैद्धान्तिक प्रस्थान विन्दु मान्ने, प्रत्यक्ष लोकतन्त्रको मान्यताअनुरुप पार्टी सञ्चाल नगर्ने, प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख वा सरकार प्रमुखको व्यवस्था ल्याउन राजनीतिक अभियान सञ्चालन गर्ने नयाँ शक्तिका हालसम्मका सर्बस्वीकृत अवधारणा हुन् । तर त्यो भन्दा फरक तपाईले हालसालै व्यक्त गर्नु भएका केही विचारमा सङ्गति नदेखिएकोले सार्वजनिक रुपमा ध्यानाकर्षण गर्ने दुस्साहस गरेको छु । आशा एवम् विश्वास छ, तपाई मसंँग रिसाउनु हुने छैन किनभने तपाई जस्तो विद्वान राजनेताले सकारात्मक ढङ्गले गरिएका आलोचना कहिलेकाहीं अमृत सरह हुन सक्छन् र स्वार्थ प्रेरित प्रशंसा विषजस्ता हुन्छन् भन्ने पूर्वीय साहित्यको एक भाव पढ्नु भएकै हुनुपर्छ । १) तपाईंलाई थाहा छ —माओवादी आन्दोलनले उठाएको संघीयताको अवधारणामा केही खोट छ । प्रदेशको नामाकरण र सीमाङ्कन जातीय पहिचानको आधारमा गरेर नेपालको समस्या तपाईंले भने जसरी समाधान हुन्छ जस्तो मलाई लाग्दैन । यो विषय जनताले मन नपराएरै पछिल्लो संविधानसभा निर्वाचनमा माओवादीलाई मत दिएनन् । यो तथ्य बुझ्दा बुझदै महादेवले सतिदेवीको लास बोकेजस्तो गरी तपाई किन यही अजेण्डाको पक्षपोषण गर्दै हुनुहुन्छ ? २) बेला बेला तपाई खस आर्य समुदायलाई चिढ्याउने अभिव्यक्ति दिनुहुन्छ । सबै दोष उनीहरुको टाउकोमा हाल्नुहुन्छ । जनजाति, मधेसी, थारुका हक अधिकारको कुरा ईतिहास र बर्तमानमा समेत देश निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको खस आर्य समुदायलाई नचिढ्याई गर्न सकिदैन ? तपाईजस्तो नेताले यस्तो गल्ति नदोहोर्याउँदा देशको हित होला । ३) अख्तियारमा लोकमानको नियुक्ति गराउन तपाईले खेलेको भूमिका एउटा एतिहासिक भूल थियो । उनलाई महाअभियोग लगाए पछि व्यक्ति हटाएर केही हँुदैन, प्रणाली फेर्नु पर्छ’ भन्ने तपाईको ट्वीट जनताले पटक्कै मन पराएनन् । यो विषयमा सार्वजनिक आत्मआलोचना गर्दा तपाईंको उचाई बढ्छ । पार्टीको पोजिसन राम्रो हुन्छ । ४) तपाई टोपी दिवस जस्तो अति सामान्य विषयमा अनावश्यक टिप्पणी गर्नुहुन्छ । नेपाली जनताले लगाउने परम्परागत असंख्य पहिरनको यसैगरी टिप्पणी गरेर साध्य होला ? कतिपय यस्ता विषयमा तपाईंको मौनता अपेक्षित छ । यो ध्यानाकर्षण गरेकोमा गल्ति भए माफ पाउँ, माफीले नपुगे कारबाही पाउँ । उही तपाईको, निर्मल भट्टराई सदस्य केन्द्रीय परिषद नयाँ शक्ति पार्टी, नेपाल

विशेष