राजनीति

संविधान संशोधन पास नभएसम्म चुनाव घोषणा नगर्न मोर्चाद्वारा सरकारलाई चेतावनी

संविधान संशोधन पास नभएसम्म चुनाव घोषणा नगर्न मोर्चाद्वारा  सरकारलाई चेतावनी

पुस २९ । सरकारले आवश्यक ऐन कानुन पारितसँगै स्थानीय तहको चुनाव घोषणा गर्न मधेसी मोर्चाको सहमति मागेको छ । तर, मोर्चाका नेताहरुले भने संविधान संशोधन पास नभएसम्म चुनाव घोषणा नगर्न चेतावनी दिएका छन् ।

चुनावको मिति घोषणाको तयारीमा जुटेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार विहान कांग्रेस र मधेसी मोर्चाको नेताहरुको बैठक बोलाएका थिए । उनले संसदमा रहेको निर्वाचनसम्वन्धी विधेयकलाई ३ र ४ दिनमा पारित गरेर चुनावको मिति घोषणा गर्ने प्रस्ताव गरे ।

संविधान संशोधन विधेयक पास हुन्न कि भन्ने शंका नगर्न आग्रह गर्दैै उनले भने, संशोधन नभएसम्म चुनाव हुन सक्दैन भन्ने हामी बुझेका छौं । त्यसले कुनै शंका नगर्नुस् ।’चुनावका लागि तयारी गर्नु पर्ने भन्दै उनले संसदको शुक्रबारको बैठकबाट निर्वाचनसम्वन्धी ऐन समितिमा पठाउने र ३–४ दिनमा पारित गरेर चुनावको मिति घोषणा गर्ने प्रस्ताव गरे ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि संशोधन पास हुने भन्दै चुनावको मिति घोषणा गर्नु पर्नेमा जोड दिए । तर, मधेसी मोर्चाका नेताहरुले सहमति दिएनन् । उनीहरुले संविधान संशोधन विधेयकमा गर्ने भनिएको परिमार्जन के हो त्यो टुंगो लगाउनु पर्ने बताए । अहिले कहाँ चुुनावको कुरा गरेको भन्दै मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन विधेयक पास भएपछि मात्र चुनावको मिति घोषणा गर्नु पर्नेमा जोड दिएका छन् ।

madhesi morcha

विशेष