राजनीति

न्यायाधीश नियुक्तिको निर्णय पुनःविचार गर्न माग

न्यायाधीश नियुक्तिको निर्णय पुनःविचार गर्न माग
पुस - २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘विभिन्न पार्टीको भागबन्डाको आधारमा उच्च अदालतका न्यायाधीश नियुक्ति गरिएकामा’ दुःख व्यक्त गरेको छ । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा राजनीतिक पार्टीको भागबन्डामा हुने यस्ता नियुक्तिले विधिको शासन, न्यायिक सर्वोच्चता र नागरिक स्वतन्त्रता जस्ता लोकतन्त्रको आधारभूत मान्यतालाई कायम राख्न नसक्ने उल्लेख छ । पार्टीले स्वतन्त्र, स्वच्छ र निष्पक्ष न्यायालयले न्यायाधीश नियुक्तिको निर्णय पुनःविचार गर्न माग गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी

विशेष