संसारकै सबैभन्दा गहिरो गुफा जुन वर्षको चार महिना मात्रै खुल्छ
विश्वमा हामीले थाहा नपाएका धेरैभन्दा धेरै आश्चर्यजनक ठाउँहरु छन् । ती आश्चर्य ठाउँहरु मध्येको एक हो क्रुबेरा गुफा जुन अहिलेसम्मकै सबैभन्दा गहिरो गुफा हो । यसको गहिराइ देखेर रौँ पनि खडा हुन सक्छ । यसको गहिराइ २१९७ मिटर (७२०८ फिट) छ । संसारकै गहिरो गुफा क्रुबेरा गुफा ब्ल्याक सागरको तटस्थित अब्खाजिया रहेको छ ।
यो गुफा हेर्नका संसार भरीबाट लागि धेरै पर्यटकहरु पनि आउने गर्दछन् । तर, यो धेरै दूर्गम ठाउँमा रहेको छ । यस गुफामा वर्षमा चार महिना मात्र जान सकिन्छ । यो गुफा १९६० मा पत्ता लागेको थियो ।
यसको अर्काे नाम भोरोन्या गुफा हो । यसको अर्थ स्थानीय भाषामा कागको गुफा भन्ने हुन्छ । किनकि पहिलो पटक १९८० मा यस गुफामा प्रवेश गर्दा यहाँ कागको गुण धेरै भेटिएको थियो त्यसैले स्थानीय भाषामा यसलाई कागको गुफा राखिएको हो ।
२००१ मा यूक्रेनी स्पेलिओलाजिस्टको एक दल यस गुफाको १७१० मिटर (५६१०) फिट गहिराइसम्म पुग्न सफल भएको थियो त्यसपछि मात्रै यसलाई सबैभन्दा गहिरो गुफा घोषित गरिएको हो । योभन्दा पहिलाको गहिरो गुफाभन्दा यो गुफा ८० मिटर गहिरो थियो ।
फेरि २००४ मा युक्रेनी स्पेलियोलाजिस्टको एकदल गहिराइ नाप्न यो गुफामा गएको थियो । यो पटक उक्त दल २०८० मिटर (६८२०) गहिराइसम्म पुगेर नयाँ रेकर्ड बनायो । त्यसपछि २०१२ मा विभिन्न देशका ५९ स्पेलिओलाजिस्टको एकदल पुनः गहिराई परीक्षण गर्न गुफामा प्रवेश गरे । यो पटक उक्त दल गुफाको सबैभन्दा तल्लोभाग अर्थात् २१९७ मिटर(७२०८ फिट)सम्म पुग्न सफल भएका थिए । यो दल क्रुबेरा गुफामा २७ दिन बिताएका थिए ।
यो गुफामा जान धेरै नै कठिन हुने गर्दछ । एक त यो गुफा वर्षमा जम्मा ४ महिना मात्र खुल्छ । अर्काे कुरा अब्खाजियाको राजनीतिक अवस्था पनि धेरै खराब छ र यो देशमा त्यति सजिलै अनुमती प्राप्त हुँदैन । अब्खाजिया १९९९ मा जार्जियाबाट अगल भएको देश हो । तर, जर्जियाले भने आफ्नो देशको भाग भन्दै दाबी गर्दै आएको छ ।
Krubera Cvae