संविधान संशोधनमा दुई तिहाई पुर्याउँन यसरी लालच दिइँदैछ थापा र गच्छदारलाई
माघ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेको उनका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले बताए ।
राप्रपा र फोरम लोकतान्त्रिकका अध्यक्षलाई नै सरकारमा सहभागी गराउने गरी प्रधानमन्त्रीले सरकार विस्तारको तयारी गरेको खनालले बताए । प्रधानमन्त्रीले राप्रपालाई अहिलेका दुई मन्त्रालय कायम राख्दै उपप्रधानमन्त्रीसहित थप तीनवटा मन्त्रालय दिने भएका छन् ।
फोरम लोकतान्त्रिकलाई पनि उपप्रधानमन्त्रीसहित दुई र साना दुई दललाई एक–एक मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ । तर, कुन–कुन मन्त्रालय कसलाई दिने भन्ने टुंगो भने लागिसकेको छैन ।
–नयाँ पत्रिकाबाट