राजनीति

निर्वाचनका लागि तयार रहन कर्मचारीलाई निर्देशन

निर्वाचनका लागि तयार रहन कर्मचारीलाई निर्देशन
माघ - ३ । कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले जुनसुकैबेला पनि स्थानीय निकायको निर्वाचन हुन सक्ने भएकाले यसलाई सफल पार्न राष्ट्रसेवक कर्मचारीलाई तयार रहन निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय, पर्सामा सोमबार कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री निधिले संविधान संशोधन प्रक्रिया अगाडि बढिसकेकाले जुनसुकै बेला स्थानीय निकाय निर्वाचनका घोषणा हुनसक्ने विश्वास व्यक्त गरे । आर्थिक कारोबारका लागि वीरगन्ज राष्ट्रियस्तरमा महत्वपूर्ण भएकाले यहाँ भइरहेका विकासका कामलाई दुर्त गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिए । मन्त्री निधिले पुँजीगत खर्च भएन भन्ने विषय बारम्बार मन्त्रिपरिषद्को बैठकमा उठ्ने गरेकाले पुँजीगत खर्चमा वृद्धि गरी राजस्व वृद्धिमा ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले एउटै प्रज्ञापनपत्रमा व्यापारीहले पटकपटक सामान आयात गर्ने गरेकाले सम्बन्धित निकायले यस्तो कार्यलाई रोक्नुपर्ने उनले बताए । यसअघि मन्त्री निधिले मध्यमाञ्चलका सुरक्षा निकायका प्रमुखहसँग सुरक्षास्थितिबारे जानकारी दिँदै सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्नुपर्ने निर्देशन दिए ।

Bimalendra Nidhi

विशेष