राजनीति

जलविद्युत् क्षेत्रमा लगानी गर्न प्रधानमन्त्रीको दाताहरुलाई आग्रह

जलविद्युत् क्षेत्रमा लगानी गर्न प्रधानमन्त्रीको दाताहरुलाई आग्रह

माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

संयुक्त अरब इमिरेटस् युएइको अबुधाबीमा भइरहेको ‘वल्र्ड फ्युचर इनर्जी समिट, २०१७’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले जलविद्युत् क्षेत्रमा लगानी गर्ने वातावरण बनाइरहेको दाबी गरे ।

उनले जलविद्युत्को विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ काम भइरहेकाले लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे ।

प्रधानमन्त्री दाहालले नेपालमा ८३ हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना भए पनि प्राविधिक रुपमा ४२ हजार मेगावाट उत्पादन गर्न सकिने जानकारी अन्तर्राष्ट्रिय समुदायलाई दिए ।

नेपाललाई सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्न पनि आर्थिक विकास र समृद्धि जरुरी रहेको भन्दै उनले त्यसको महत्वपूर्ण आधार नै जलविद्युत् क्षेत्र भएको स्पष्ट पारे ।

pm prachanda

विशेष