राजनीति

संविधान संशोधन गरी ८ प्रदेश बनाउनुपर्छ - गच्छदार

संविधान संशोधन गरी ८ प्रदेश बनाउनुपर्छ - गच्छदार
परिर्माजनसहित संविधान संशोधन नभएसम्म निर्वाचन सम्भव नरहेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताएका छन्। मधेसी जनाधिकार फोरम क्षेत्रीय समिति क्षेत्र नम्बर ४ सुनसरीले आज सुनसरीको मध्यहर्षाही गाविसमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले जनताको माग र अधिकार सुनिश्चित नभएसम्म निर्वाचन नहुने र त्यसका लागि संविधान परिमार्जनसहित संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। गच्छदारले संविधान संशोधन र निर्वाचन नभएसम्म मुलुकमा अस्थिरता कायम रहने भएकाले पहिला संशोधन र त्यसपछि निर्वाचन गर्नुपर्नेमा जोड दिए। उनले वर्तमान सरकारमा फोरम लोकतान्त्रिक जाने कुरा हल्ला मात्रै भएको बताए। उनले संविधान संशोधन गरी सात प्रदेशबाट आठौं प्रदेश बनाउनुपर्ने तर्क गरे। गच्छदारले संविधानमा सबैको अपनत्व नभएसम्म कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउँदै संविधान कार्यान्वनका लागि सबै आदिवासी जनजाति, मधेसी मुस्लिमको माग सम्बोधन गर्न समेत आवश्यक रहेको उल्लेख गरे।

संविधान संशोधन

विशेष