भूकम्पपीडितका नाममा उठेको ८ करोड अमेरिकाका राजदूतले बुझाएनन्
माघ ५ । अमेरिकाका नेपाली राजदूत अर्जुन कार्कीले भूकम्पपीडितका नाममा उठेको करोडौं रकम नेपाल सरकारलाई बुझाउन आनाकानी गरिरहेको समाचार प्राप्त भएको छ । गत सालको वैशाख १२ गते महाभूकम्प गएपछि संयुक्त राज्य अमेरिकाको विभिन्न स्थानमा बसोबास गर्ने नेपाली राहत रकम जुटाउन सक्रिय भएका थिए ।
त्यसरी त्यहाँ साठीलाख अमेरिकी डलर उठेको थियो । उठेको रकममध्ये राजदूत कार्कीले बाउन्न लाख छत्तीस हजार अमेरिकी डलर नेपाल सरकारलाई गत वर्ष ने बुझाइसकेको छन् । तर उठेको रकमध्ये सात लाख चौसठ्ठी हजार डलर अहिलेसम्म बुझाएका छैनन् । नेपाल सरकारले खोजी पनि गरेका छैन । –घटना र बिचार साप्ताहिकबाट