यति ठूला काण्ड मच्चाउने महरा कसरी ‘भुरा माछा’ ?
माघ ५। अहिलेसम्म अर्थमन्त्री कृष्णबहादुर महराले चारवटा ठूला काण्ड मच्चाएका छन् । जसका कारण उनलाई भुरा माछा भन्न सुहाउँदैन ।
१ लडाकु शिविरमा २ अर्ब घोटाला– शान्ति प्रक्रियामा आउँदा माओवादीले महराकै नेतृत्वमा वार्ता टोली गठन गरेकोले लडाकु समायोजनलगायतका विषयमा उनैले सरकासँग डिल गरेका थिए । यसक्रममा माओवादी लडाकुका लागिसरकाले उपलब्ध गराउने रकम महराले एमपुष्ट बुझेर लान्थे । शान्ति प्रक्रियाका नाममा महराले एउटै चेकबाट ४८ करोडसम्म बुझेका थिए । त्यो पैसा उनल लडाकुलाई दिँदा रहेनछन् भन्ने कुरा लडाकुहरुले नै सार्वजनिक गरे ।
२ अजय सुमार्गीलाई टेलिकमको फ्रिक्वेन्सी – माओवादी शान्ति प्रक्रियामा आएपछि सूचना तथा सञ्चारमन्त्री भएका महराले अध्यक्ष दाहालसँग निकट सम्बन्ध भएका व्यापारी अजय सुुमार्गीलाई टेलिकमको प्रिंmक्वेन्सी दिँदा ठूलो घोटला भएको ठहर सरकारी अध्ययनले नै देखाएको छ ।
३ सांसद किन्न चिनियाँसँग ५० करोड– ०६७ साल असार १६ गते माधवकुमार नेपालले राजीनामा दिएपछि शुरु भएको प्रधानमन्त्रीको निर्वाचनका क्रममा महरा नराम्ररी एक्सपोज भएका थिए । यसक्रममा सांसद किन्न चिनियाँ व्यापारीसँग ५० करोड मागेको अडियो नै सार्वजनकि भएको थियो । टुटेफुटको अंग्रेजीमा महराले ५० जना सांसद आवश्यक भएकोले त्यसका लागि आफूहरुलाई ५० करोड चाहिएको कुरा खुलेरै बताएका थिए ।
४ अकुत सम्पत्तिमा अख्तियारको मुद्धा – अर्थमन्त्री महराले अस्व्भाविक सम्पत्ति आर्जन गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानविन अघि बढाएकोृ थियो । माओवादीलाई कुनै पनि हालतमा नछुने शर्तमा सपथ खाएका लोकमानले समेत महरालाई जोगाउन सकेनन् । घरजग्गा, सम्पत्ति सबै छाडेर राजनीतिमा आएका उनको करोडौंको सम्पत्ति र नगद हुनुलाई अख्तियारले स्वभाविक मानेको थिएन । –बुधबार साप्ताहिकबाट