राजनीति

दश लाख हस्ताक्षर संकलन गर्न बाबुराम सडकमा

दश लाख हस्ताक्षर संकलन गर्न बाबुराम सडकमा

माघ ५ । नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासकीय स्वरुपका पक्षमा ६ महिने अभियान शुरु गर्दैछ । आजबाट शुरु हुने अभियानको उद्घाटन संयोजक बाबुराम भट्टराईले गर्दैछन् ।

नयाँ शक्तिकी प्रचार विभाग सहसंयोजक अरुणा रायमाझीका अनुसार अभियानअन्र्तगत १० लाख जनाको हस्ताक्षर संकलन गर्ने कार्यक्रम पनि छ । आज दिउँसो १ बजे बबरमहलस्थित आर्ट ग्यालरीको अगाडिको सडकबाट डा. भट्टराईले अभियानको उद्घाटन गर्नेछन् ।

नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासन व्यवस्था र आर्थिक समृद्धिलाई मूल एजेण्डा बनाएको छ ।

Baburam Bhatarai

विशेष