विचित्र विश्व

विश्वको दोस्रो ठूलो हिरा खानी, जसको माथि हेलिकप्टर उड्दा खानीमा खस्थे

विश्वको दोस्रो ठूलो हिरा खानी, जसको माथि हेलिकप्टर उड्दा खानीमा खस्थे

पूर्वी साइबेरियाको सबैभन्दा ठूलो हिराको खानी ‘मिरनी माइन’ हो । यो विश्वको दोस्रो ठूलो मानव निर्मित खाडल हो । पहिलो सबैभन्द ठूलो मानव निर्मित खाडल बिंघम काँपर माइन हो । यो १७२२ फीट गहिरो र ३९०० फीट चौडा रहेको छ । मिरनी माइनलाई १३ जुन १९५५ मा सोवियत संघका वैज्ञानिकहरु एक टोलीले पत्ता लगाएका थिए । यो माइनको खोजी कार्यमा यूरी खबरदिन, एकातेरिना एलाबीन र विक्सर एवदीन संलग्न थिए । यो माइनको खोजी गर्ने मध्येका एक सोवियत जियोलोजिस्ट यूवी खबरदीनलाई १९५७ मा लेनिन प्राइज दिएको थियो ।

यस माइनको विकास कार्य १९५७ देखि सुरु भएको हो । यो ठाउँमा धेरै समय मौसम खराब नै रहिरहन्छ । ठन्डी मौसममा यहाँको तापक्रम यति तलपुग्छ कि गाडीको इन्धन पनि जम्छ र टायर पनि फुट्छ । यो माइनलाई खन्दा कामदारहरुले जेट इन्जिन र डाइनामाइट्सको प्रयोग गरेका थिए । कामदारहरुले राति यसको मुख छोपेर छोडिदिन्थे ता की मेसिन खराब नहोस् । यो माइनको खोजपछि रुस हिरा उत्पादन गर्ने देशहरुमध्ये तेस्रो ठूलो देश बनेको थियो । यो माइनबाट हरेक वर्ष १० मिलियन क्यारेट हिरा निकालिन्थ्यो ।
यो माइन धेरै विसाल बनेको थियो । यसको माथि उड्ने हेलिकप्टर पनि हावाको चापको कारण यस माइनमा खस्ने गर्दथे । त्यसपछि यसको माथिबाट कुनै पनि उडान गर्न बन्देज लगाइएको थियो । तर, २०११ देखि यस खानीलाई पूर्ण रुपमा बन्द गरिएको छ ।

मिरनी माइन

विशेष