राजनीति

ओलीलाई उछिन्दै माओवादी केन्द्रका नेताद्वारा पुल शिलान्याश, ‘ओलीको होइन, हाम्रो योजना’

ओलीलाई उछिन्दै माओवादी केन्द्रका नेताद्वारा पुल शिलान्याश, ‘ओलीको होइन, हाम्रो योजना’

माघ ६ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार शिलान्यास गर्ने भनिएको झापाको दमक १७ र मोरङको राजघाट–९ जोड्ने बेतेनी–माँवा–आम्बारी पुल बुधबार नै माओवादी केन्द्रका नेताले शिलान्यास गरेका छन् ।

आफूहरुको पहलमा पारेको योजनाको पुल एमाललेले थाहा नदिई उद्घाटन गर्न लागेको भन्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरी ‘गगन’ ले बुधबार शिलान्यास गरेका हुन् ।

उक्त पुल आफूहरुको पहलमा बनेको झापा– ७ का इञ्चार्ज समेत रहेका पुरीले दाबी गरे ।

ओलीले सोही पुल बिहीबार १२ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको थियो । शिलान्यास कार्यक्रममा बोल्दै पुरीले आफूहरुलाई खबर नै नगरी एमालेले एकलौटी ढंगबाट पुल शिलान्यास गर्ने तयारी गरेकाले आफूहरुले प्रतिकार गर्नु परेको बताए ।

उनले भने, ‘ओलीजी यो देशको पूर्वप्रधानमन्त्री हो, पुल शिलान्यास गर्न उहाँलाई अधिकार छ, तर हामीले दुःख गरेर योजनामा पारेको पुलको शिलान्यासको खबर त कमसेकम हामीलाई हुनुपर्ने थियो । त्यो भएन, त्यसैले प्रतिकारस्वरुप शिलान्यास गरेका हौं ।’

आफूहरुले पारेको योजनामा ओलीले रजाई गरेको आरोप लगाउँदै उनले ठूला मान्छेले यस्तो हर्कत गर्न नहुने बताए । अन्नपूर्ण पोस्ट

KP Oli

विशेष