प्रवास रोजगार

नेपालले तलब अन्तरबारे सम्मेलनमा प्रश्न उठाउने, म्यानवापर व्यवसायीलाई श्रम विज्ञ बनाएर लगिँदै

नेपालले तलब अन्तरबारे सम्मेलनमा प्रश्न उठाउने, म्यानवापर व्यवसायीलाई श्रम विज्ञ बनाएर लगिँदै

माघ ६ । प्रवासी कामदारका विषयमा श्रीलंकामा आयोजित दुई दिने ‘अबुधावी डाइलग कामदार मगाउने र पठाउने एसियाली राष्ट्रहरुको एक क्षेत्रीय सम्मेलन’मा नेपालले समान काममा पनि कामदारहरुबीच तलब र सेवा सुविधामा भएको अन्तर र त्यसलाई हटाउने विषय उठाउने भएको छ । श्रीलंकाको राजधानी कोलम्बोमा सोमबार र मंगलबार जनवरी २३ र २४, अबुधावी डाइलग हुँदैछ ।

नेपालबाट सहभागी हुने श्रम राज्य मन्त्री दिलीप खवास गच्छेदार नेतृत्वको टोलीले कामदारहरुबीचको असमानता उठाउने बताएको हो । ‘एकै प्रकृतिको काममा भएको तलब अन्तर, पीडित कामदारको सहज उद्धार जस्ता विषयलाई उठाउँछौं,’ गच्छदारले भने, ‘सम्मेलन र साइड लाइन मिटिङहरुमा मैले यिनै विषयमा जोड दिन्छु ।’

अहिले नेपालीको ठूलो रोजगार गन्तव्य खाडीका देशहरुमा अन्य देशका कामदारको तुलनामा अधिकांश नेपालीको तलब र सेवा सुविधा कम छ ।

कान्तिपुर

Nepali Labor

विशेष