राजनीति

भैसीलाई जतिनै राम्रो कथा सुनाएपनि मुस्कुराउंदैन : ओली

भैसीलाई जतिनै राम्रो कथा सुनाएपनि मुस्कुराउंदैन : ओली

माघ ६ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले निर्वाचन गराउन नचाहेको आरोप लगाएका छन् । नेकपा एमाले धनकुटाले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले निर्वाचन गराई आफुहरु टिकिरहिन्छ भन्ने भ्रभ पालेर बसेको बताएका हुन ।

संविधान संंशोधन आवश्यक्ता नभएको र प्रदेश नं ५ लाई छुटाउने योजना अन्य प्रदेशमा पनि आउने बताउदै अन्त कसैको इच्चा र चाहना पुर्ती गर्नका लागि प्रदेश छुट्याउन खोजिएको तर त्यो कुनै हालतमा सफल नहुने दावी गरे ।

सरकार उल्टोवाटोमा हिडिरहेको आरोप लगाउदै सरकार निर्वाचन नगराएर मुलुकमा ठुलो संकट आउने समेत बताएका थिए । उक्त कार्यक्रममा ओलीले राजनीति बेइमानीबाट मुक्त हुनुपर्ने दाबी समेत गरे भित्ता हान्नेले हान्छन् उसैको सिङ्गमा माटो लाग्ने हो, सम्म र डाँडाकाँडा भनेर नेपालीलाई विभाजन गर्न खोजिएको तर त्यस्तो भन्नेहरु असफल हुने दावी समेत गरे ।

त्यस्तै बाबुराम भट्टराइ खोक्रो राष्ट्रवादबोकेको नेता भएको समेत आरोप लगाए । अहिले नेपालमा कतिपय राजनीतिक दलहरु कसैको भरियाको रुपमा काम गरिरहेको आरोप लगाउदै त्यस्ता शक्तिले पहाड र तराई छुट्याउने प्रयास गरिरहेको र नेपाली एकता विरुद्धमा प्रस्तुत भएको आरोप समेत लगाए ।

भैसीलाई जतिसुकै राम्रो र खुशीको कुरा सुनाएपनि मुस्कुराउदैन त्यस्तै हो मलाई विरोध गर्नेहरु उनले भने ।

Kp oli Dharan

विशेष