विचित्र विश्व

जिन्दगी भर नुहाउंदैनन् तर सबैभन्दा सुन्दर यी महिला, यस्तो छ कारण

जिन्दगी भर नुहाउंदैनन् तर सबैभन्दा सुन्दर यी महिला, यस्तो छ कारण

अफ्रिकाको नर्थ नामिबियास्थित कुनैन प्रान्तमा बस्ने हिम्बा जातिका महिलाहरुलाई नुहाउन पुरै बन्देज छ । तर, पनि अफ्रिका सबैभन्दा सुन्दर स्त्रीहरुको रुपमा कहलाउँछन् ।

कुनैन प्रान्तमा बस्ने हिम्बा जनजातिमा कुल २० हजारदेखि ५० हजार मानिसहरु छन् । यहाँ पुरुषहरुको भन्दा महिलाहरुको जनसंख्या धेरै छ । यी महिलाहरु जिवनमा एक पल्ट पनि नुहाउँदैनन् । यति मात्रै होइन, पानीले हात धुने पनि अनुमति छैन उनीहरुलाई ।

आफूलाई फ्रेस राख्न महिलाहरुको विशेष तरिका अपनाउने गर्छन् । उनीहरु विशेष प्रकारका जडिबुटीलाई पानीमा उमाल्छन् र त्यसको धुवाँबाट आफ्नो शरीरलाई फ्रेस बनाउँछन् । यो जडिबुटीको सुवासले गर्दा कहिल्यै ननुहाए तापनि उनीहरुको शरीर गन्हाउँदैन ।

आफ्नो छालालाई गर्मीबाट बचाउन यी महिलाहरु विशेष प्रकारको लोसन प्रयोग गर्छन् । यो लोसन जनावरको बोसो र हेमाटाइटको धुलोबाट तयार गरिएको हुन्छ । हेमाटाटको धुलोको कारणले उनीहरुको छाला रातो रंगको हुन्छ । यो लोसनले उनीहरुलाई किराहरुले टोक्नबाट पनि जोगाउँछ । यी महिलाहरुलाई ‘रेड म्यान’ को नामले पनि चिनिन्छ ।

African Mahila

विशेष