राजनीति

नयाँ शक्तिको चुनाव चिन्ह आँखा

नयाँ शक्तिको चुनाव चिन्ह आँखा

माघ ६ । बाबुराम भट्टराई नेतृत्वको दल नयाँ शक्ति नेपालले चुनाव चिन्ह आँखा बनाउने भएको छ ।

यसअघि तारा चिन्ह बनाउने घोषणा गरेको नयाँ शक्तिले उक्त चिन्ह नपाएपछि आँखा बनाउने तयारी गरेको हो । तारा चिन्ह अर्कै दलका नाममा दर्ता भएका कारण समस्यामा परेको सो पार्टीले यसबीचमा चुनाव चिन्हलाई लिएर आन्तरिक बहस चलाएको थियो ।

बहसबाट आँखा चिन्ह बनाउनेमा सहमति जुटेपछि आज पार्टीको राजनीतिक समितिको बैठक बसेर औपचारिक निर्णय गर्न लागेको पार्टीका प्रचार बिभाग प्रमुख खिमलाल देवकोटाले जानकारी दिए । निर्णय लगत्तै नयाँ शक्तिले नयाँ चिन्ह दर्ता गरिदिन निर्वाचन आयोगमा निवेदन दिने समेत जानकारी देवकोटाले दिए ।

baburam bhattarai

विशेष