अभिलेख

स्कुल बस र ट्रक आपसमा ठोक्किदा कम्तीमा १५ काे मृत्यु

स्कुल बस र ट्रक आपसमा ठोक्किदा कम्तीमा १५ काे मृत्यु

माघ - ६ । भारतको उत्तर प्रदेशमा विद्यालयको बस र एउटा ट्रक आपसमा ठोक्किदा बिहीबार कम्तीमा १५ जनाको मृत्युभएको छ ।घटनामा परी अन्य केही घाइते भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु हुनेमा बसका चालकसमेत रहेका छन् । एलिगाञ्जमा निकै दुःखद दुर्घटना भएको छ, १५ जनाको मृत्यु भएको छ, घाइतेहरुको उद्धार तथा उपचार भइरहेको छ, उत्तर प्रदेशका उच्च प्रहरी अधिकारी जभिड अहमेदले ट्विट गरेका छन् । उनले मृतकको संख्या बढ्न सक्ने पनि बताएका छन् । बस र ट्रक आपसमा ठोक्किनुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर जाडोको समयमा विहानमा निकै बाक्लो कुहिरो लागेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । भारतमा गतबर्ष मात्रै झण्डै एक लाख ५० हजार जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । दैनिक चार सय जनाको मृत्यु हुने गरेको सडक यातायात तथा राजमार्ग मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्विट गरी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धान्जली प्रकट गरेका छन् ।

School Bus Accident

विशेष