विचित्र विश्व

अचम्मको पाण्डा ! क्यामेरा निकाल्नु होस् आफैँ दिन्छ पोज

अचम्मको पाण्डा ! क्यामेरा निकाल्नु होस् आफैँ दिन्छ पोज
पछिल्ला दिनमा सामाजिक सञ्जालमा एउटा पाण्डा चर्चित बनेको छ । यसको कारण हो, उसको तस्बिर खिच्ने तरिका । उसका विभिन्न तस्बिर खिच्ने तरिकाले उक्त पाण्डासँग तस्बिर खिचाउन चाहने धेरै भेटिन्छन् । चीनको यो पाण्डा आफ्नो तस्बिर खिच्ने तरिकाले मानिसहरुको फेवरेट बनेको हो । यसको तस्बिर खिच्ने तरिकाले जो कोही पनि चकित हुन्छन् । यो पाण्डा चीनको चेन्ग्दु सिटीको दुजियनज्ञान पाण्डा बेसमा बस्छ । जो कोही उक्त बेसमा जान्छन् त्यहाँ आउनेलाई यो पाण्डाले तस्बिर लिने सेवा दिन्छ । बेसमा आएकी एउटी महिलाले तस्बिर खिच्न इच्छा देखाउँदा पाण्डा आफै विभिन्न पोज दिन थाल्यो । यतीमात्र होइन उसले महिलाबाट सेल्फी स्टिक लिएर आफैँ पनि तस्बिर खिच्न थाल्यो । यो पाण्डा समझदार थियो । उ आफैँ विभिन्न पोजका बारेमा जानकार थियो ।

old panda Panda

विशेष