राजनीति

सबै दलको साझा धारणा हुनुपर्छ - प्रवक्ता श्रेष्ठ

सबै दलको साझा धारणा हुनुपर्छ - प्रवक्ता श्रेष्ठ
माघ - ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले देश र जनताको स्वाधीनताका लागि अहिले राष्ट्रवादी शक्तिबीच एकताको खाँचो रहेको बताएका छन्। पार्टीद्वारा बिहीबार आयोजित वडास्तरीय अधिवेशन तथा अन्तक्रिया कार्यक्रममा उनले राष्ट्रिय विषयमा सबै दलको साझा धारणा हुनुपर्छ, दलीय स्वार्थभन्दा माथि उठ्नुपर्ने बताए। सांसद कान्ता भट्टराईले देशलाई हिन्दू राष्ट्र कायम गराउन विभिन्न अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। सांसद सीता ज्ञवालीले पार्टीको आसन्न महाधिवेशन सफल बनाउन नेता तथा कार्यकर्ताले प्राप्त गरेको जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गर्नुपर्ने बताइन्। यसैबीच पार्टीका नेता–कार्यकर्ता भेलाले १९ वडामा गोविन्दा श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ।

Rajaram Shrestha RPP

विशेष