भिडियो

बुझ्नेले कुरा बुझेनन्ः टोपी दिवसमा डा. भट्टराईको कुरा ठीक थियो (भिडियोसहित)

बुझ्नेले कुरा बुझेनन्ः टोपी दिवसमा डा. भट्टराईको कुरा ठीक थियो (भिडियोसहित)

माघ ७ । नयाँ शक्ति नेपालको युवा संगठन प्रवक्ता  टेकेन्द्र जोशीले पार्टीका संयोजक डा. बाबुराम भट्टराईविरुद्ध नियोजित रुपमै दुष्प्रचार भएको बताएका छन् ।

नेपाल आजसँगको कुराकानीका क्रममा जोशीले बाबुराम भट्टराईले व्यक्त गर्ने धारणा सत्य र वैज्ञानिक हुँदा हुँदै पनि तोडमोड गर्ने, फरक तरिकाले बुझ्ने र हल्ला गर्नेहरु हावी भएको उनले उल्लेख गरे ।

टोपी दिवसकै सन्दर्भमा पनि संयोजक भट्टराईले कुनै एक समुदायले लगाउने टोपी सबै जातिजातिका लागि साझा हुन सक्दैन भन्ने आशयलाई वेवास्ता गरेर गलत अर्थ लगाइएको जोशीले दाबी गरे ।


पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्दा ग्यालिलियो देखि जोर्डनो बु्रनोसमेतलाई इतिहासको कुनै कालखण्डमा समाजले दण्डीत गरेको थियो । तर त्यो सत्य आज अकाट्य भएको छ । जोशीले भने, ‘ठीक त्यसै गरी आज संयोजक भट्टराइले भन्नुभएको विषय आजको दिनमा केही मानिसलाई असत्य लाग्न सक्छ । धेरै मानिसहरुलाई भ्रम पनि हुन सक्छ । तर एक दिन उहाँले नै भनेको कुरा सत्य हुनेछ । ’

baburam naya shakti tekendra joshi

विशेष