राजनीति

मोर्चाको मागप्रति सरकार गम्भीर भएनः अध्यक्ष ठाकुर

मोर्चाको मागप्रति सरकार गम्भीर भएनः अध्यक्ष ठाकुर
माघ–९ । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी मोर्चाले उठाएको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् । मधेस आन्दोलनका क्रममा मृत्यु भएकाको सम्झनामा शुक्रबार मोरङको रङ्गेलीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले मधेसी मोर्चाको सहयोगमा वर्तमान सरकार गठन भएकाले मधेसको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानपर्ने बताए । अध्यक्ष ठाकुरले आफूहरुको मागप्रति मुख्य दल गम्भीर नभए मधेसी मोर्चा सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिए । कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय सदस्य शङ्खर साह, सङ्घीय समाजवादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादव, मधेसी मोर्चाका स्थानीय नेता सिसुपाल यादव, पन्नालाल मण्डल तथा दिलीप मण्डलले मधेसी मोर्चाको मागप्रति सरकारलाई गम्भीर हुन आग्रह गरेका थिए । एक वर्षअघि मधेस आन्दोलनका क्रममा रङ्गेलीमा एक महिलासहित तीनजना मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो । रासस

महन्थ ठाकुर मोर्चा

विशेष