राजनीति

तीनै तहको निर्वाचन गर्न तीन दल सहमत

तीनै तहको निर्वाचन गर्न तीन दल सहमत

माघ ८ । आगामी मंसिरभित्र तीनै तहको निर्वाचन गर्न प्रमुख तीन दल सहमत भएका छन् । प्रधानमन्त्री प्रचण्डको आव्हानमा बालुवाटारमा बसेको बैठकमा बसेको कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरु संविधानले माघ ७ को समयसीमा दिएपछि व्यवहारिक रुपमा मंसिरभित्रै स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव गर्नु पर्नेमा सहमत देखिएका छन् ।

सिद्धान्तत तीन वटै चुनाव मंसिरभित्र सहमत गर्न दलहरु सहमत भएका छन, एमाले उपनेता सुवास नेम्वाङले भने । यसका लागि अबको ३–४ दिनभित्र निर्वाचनसम्वन्धी विधेयक पास गर्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । त्यस्तै एमालेले संशोधन फिर्ता लिन माग गरेपनि सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् ।

विशेष