राजनीति

यो सरकारलाई गलहत्याएर निकालिन्छः ओली

यो सरकारलाई गलहत्याएर निकालिन्छः ओली

माघ ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको १० महिनाभित्र सरकारले तीनओटै तहको निर्वाचनको मिति घोषणा गर्नुुपर्ने बताएका छन् ।

एमाले भक्तपुरले शनिबार आयोजना गरेको पार्टीका नयाँ संगठित सदस्यलाई शपथग्रहण कार्यक्रममा उनले आगामी कात्तिक–मंसिरसम्म तीनओटै तहको निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न सरकारसँग आग्रह गरे ।

सरकारले तीनओटै तहको निर्वाचन कार्यतालिका मिति तत्काल घोषणा गर्न नसक्ने हो भने सत्तामा बसिरहन नमिल्ने बताए ।

चुनाव गराउन नसके सरकार छाड्नुपर्ने औंल्याउँदै अध्यक्ष ओलीले भने– सोझो कुरा गर्नोस्, चुनाव गराउने हो कि होइन  चुनाव गराउने होइन भने तत्काल सरकार छाड्नोस् ।’

उनले भने–‘सरकारले एउटा चुनाव पनि गराउने कुनै सुरसार गरेको छैन, हामीले सरकार परिवर्तन सँगसँगै निर्वाचनको कार्यतालिका घोषणा गर्न भन्दै आयौं, तर अहिलेको सरकार त्यस दिशामा केही नगरी, सिन्को नभाँचीकन गफमात्रै गरेर बसेको छ ।’

यतिबेला विभिन्न प्रकारका शक्तिले देशलाई गलत बाटामा धकेल्न खोजिरहेको र सत्तापक्षले देशको राष्ट्रियता, एकता र अखन्डतालाई कमजोर पार्न संविधान संशोधनको बाजा बजाइरहेको आरोप उनले लगाए ।

कार्यक्रममा एमालेका पोलिब्युरो सदस्य सानु श्रेष्ठ, वैकल्पिक केन्द्रीय सदस्य सोम मिश्र, सांसद केदार सञ्जेल, युवा नेता महेश बस्नेत, राजेन्द्रमान श्रेष्ठ, सरस्वती बाटी, एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलालगायतले सरकार संविधान संशोधनभन्दा पनि निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा एमालेका दुई हजार तीन सय ५० जना नयाँ संगठित सदस्यलाई शपथग्रहण गराइएको जानकारी पार्टी उपाध्यक्ष बच्चन देउजाले दिए ।

KP ili

विशेष