राजनीति

मधेसी मोर्चा मिल्दैन किनभने साँचो उनीहरुको हातमा छैन

मधेसी मोर्चा मिल्दैन किनभने साँचो उनीहरुको हातमा छैन
कुन बाटो तय गर्ला त राजनीतिले ? – तीन ठूला दल मिलेृ भने ठीकै ठाउँमा जान्छ । मधेसीसमेत मिले भने त झन राम्रो हुन्छ । तर उनीहरु किन मिल्दैनन् भने उनीहरुको साँचो उनीहरुको हातमा छैन । हुन त तीन ठूला दलको साँचो पनि उनीहरुको हातमा छैन । अर्कैको साँचो आफ्नो खल्तीमा लुकाएर हिँडेका छन् उनीहरु । जे होस्, तीन ठूला दलहरु मिले भने कम्तमिा संविधानचाहिँ कार्यान्वयन हुन्छ । म पनि खुसीहुन्छु । किनभने, संविधान कार्यान्वयन नहुँदा कम्तीमा संघीयता धर्मनिरपेक्षताको क्यान्सरबाट मुलुकले मुक्ति पाउँछ । राजनीति त्यही दिशातिर गइरहेको छ । तपाईको विचार राप्रपासँग पो मिल्दो रहेछ त ? –कति ठाउँ चहारी हिँड्नु मैले यो उमेरमा । त्यसैले विचार जोसँग मिले पनि बस्न चाहिँ एमालेमै बस्छु । नातागोता, सबै एमालेमा छन् । हात मिलाउने साथीहरु पनि यहीँ छन् । म जहाँ पुगे पनि एक्लै जाने हो । अरुहरु मसँग जाँदैनन् । तर एमालेमा बसिया छ, केही काम गर्नु पनि प¥या छैन । रमिता हे¥याछु, बस्या छु । यसभन्दा आनन्द अरु के होला ? अनि समकक्षी राजनीतिक साथीहरुबीच कत्तिको चियापान हुन्छ ? –उनीहरु बोलाउँदैनन् । नबोलाएपछि आपूmले पनि किन बोलउने भन्ने लाग्छ । मित्रहरुले के बुझेका छन् भने कुरा चियाको होइन पावरको हो । मसँग पावर हुँदो हो त उनीहरु चिया खाने निहूँमा आइरहेका हुन्थे । हिजो राजाको सरकारमा गएको भनेर अहिले खिसी गर्ने साथीहरु राजाको मन्त्री छँदा मकहाँ धाउँथे । अहिलेको एमाले पोलिटब्यूरोका आधाभन्दा बढी सदस्य मकहाँ आउँथे । ठीठा कुरा गर्थे । काम पट्याएर जान्थे । उनीहरु मलाई भेट्न आउँथे भन्दा अहिले सकैले पत्याँदैन थिए । –नेपाल साप्ताहिकमा प्रकाशित राधाकृष्ण मैनालीको अन्तर्वार्ताबाट

विशेष