कमल थापालाई उपप्रधानमन्त्री नबनाएपछि प्रचण्डले बोलाएको बैठक नै बहिस्कार
माघ ९ । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा आह्वान गरिएको चार दलको बैठक बहिष्कार गरेको छ । राप्रपाले बैठकमा नआएपछि तीन दलका नेताहरू मात्रै सहभागी भएका थिए ।
निर्वाचनको मिति, संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले शनिबार साँझ कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका शीर्ष नेताहरूको बैठक बोलाएका थिए । तर, असन्तुष्टि जनाउँदै राप्रपा चार दलको बैठकमा सहभागी नभएको हो ।
राप्रपाका अध्यक्ष कमल थापाले बालुवाटारको शनिबारको बैठकका लागि प्रधानमन्त्री आफैले फोन गरेर बोलाएको स्वीकार गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यू आफैले फोन गरेर बोलाउनु भएको थियो । तर मेरो व्यस्तताका कारण जान सकिन ।’ राप्रपा अध्यक्ष थापाले बालुवाटारको बैठकमा नजानुको कारण खुलेर केही नबताए पनि मन्त्रिपरिषद विस्तारमा भएको ढिलाइका कारण रहेको हुन सक्ने स्रोतको दाबी छ ।
kamal Thapa