राजनीति

ओलीको राष्ट्रवाद राजनीतिक खेल मात्रै हो, आस्था र आदर्श होइन– राधाकृष्ण मैनाली

ओलीको राष्ट्रवाद राजनीतिक खेल मात्रै हो, आस्था र आदर्श होइन– राधाकृष्ण मैनाली
सीपीसँग तपाईको कहिल्लै मतो मिल्दैन ? उनको मेरो स्वाभाव नै फरक छ । उनी राजनीतिमा हिसाबकिताब गर्न जान्दछन्, कमर्सियल स्वभावका छन । मलाई त्यस्तो हिसाबकिताब गर्न आउदैन । ओलीचाहिँ कत्तिको हिसाबकिताब गर्नुहुन्छ ? भन्न त उनलाई कतिपयले राजनेता पनि भनेका छन । तर, मेरो दृष्टीमा उनी राजनीतिक नेता होइनन्, राजनीतिक खेलाडी हुन् । नाफा नोक्सान हेर्छन् । कताबाट किक हान्दा गोल गर्न सकिन्छ, उनको ध्याउन्न यसैमा छ । त्यसो भए ओलीको राष्ट्रवाद आस्था होकी खेल हो त ? कस्तो अफ्ठ्यारो प्रश्न , नबोलौ, मनमा लागेको कुरा पर्‍यो । भनौ पार्टीको अध्यक्षको बारेमा बोल्नुपर्ने भो, राजनीतिक खेलाडीको रुपमा उनले राष्ट्रवादको कुरा गरिरहेका छन । नत्र , महाकाली सन्धिमा नेपाल ठगिदा उनको राष्ट्रवाद कहाँ गएको थियो । त्यो सन्धिमा उनले राष्ट्रवादलाई कसरी बुझेका थिए ? अहिले कसरी बुझिरहेका छन ? त्यसैलै ओलीको लागि राष्ट्रवाद राजनीतिक खेल हो, आस्था वा आर्दशको विषय होईन । एमाले नेता राधाकृष्ण मैनालीको नेपाल साप्ताहिकमा प्रकाशित अन्तर्वार्ताबाट

विशेष