राजनीति

लोकमानलाई कालोमोसो दल्नेलाई विप्लवले गरे सम्मान

लोकमानलाई कालोमोसो दल्नेलाई विप्लवले गरे सम्मान
माघ–९ । तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नेहरुलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीलेसम्मान गरेको छ । ठूला भ्रष्टलाई कारबाहीको सुरुवात गरेको उल्लेख गर्दै माओवादीले चन्द्रबहादुर बुढा, प्रकाश शाही र विपेन्द्र गौतमलाई सम्मान गरेको हो । बुढा, शाही र गौतमले तत्कालीन अख्तियार प्रमुख कार्कीलाई गत पुस ७ गते सर्वोच्च अदालतको परिसरमै कालोमोसो दलेका थिए । उनीहरु चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता हुन् । कार्यक्रममा पार्टीका महासचिव चन्दले भ्रष्टलाई कारबाही गरेकोले सम्मान गरिएको स्पष्ट पारे । उनले भ्रष्टलाई कारबाही गर्नेहरुलाई सरकारले सम्मानको साटो कारबाही गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । कार्कीलाई कालोमोसो दल्ने बुढा, शाही र गौतम तीनै जनालाई एक महिना हिरासतमा राखिएको थियो । महासचिव चन्दले जनताविरोधी सरकारले भ्रष्टहरुलाई मात्रै सम्मान गर्ने गरेको बताए । उनले सरकारविरुद्ध सशस्त्र संघर्ष गर्ने चेतावनीसमेत दिए ।

कालोमोसो विप्लव सम्मान

विशेष