खेल राजनीति

प्रचण्डका कुनै मन्त्री गतिला निस्केनन्, श्रीपालीविरुद्ध त उजुरी नै पर्याे

प्रचण्डका कुनै मन्त्री गतिला निस्केनन्, श्रीपालीविरुद्ध त उजुरी नै पर्याे

माघ १० । माओवादीका एक नेताले यूवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीलाई बर्खास्त गर्न माग मकवानपुरका माओवादीका नेताले प्रधानमन्त्रीलाई उजुरी गरेका छन् ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टसँग मिलेर कमिशनका लागि खराव काम गरेको उजुरीमा आरोप लगाइएको छ । सातौं राष्ट्रिय खेलकुद परिषद्मा उपसमिति गठन तथा स्यमसेवक चयन लगायतका विषयमा मन्त्री श्रीपालीलले सदस्य सचिवसँग मिलेर कमिशनमा काम गरेको उजुरीमा रहेको स्रोतले जनाकारी दिएको हो ।

माओवादी मकवानपुरका संयोजक प्रेमबहादुर पुलामीले भने ‘हो मैले प्रधानमन्त्री एवंम पार्टी अध्यक्षलाई उजुरी दिएको छु । माओवादीका तर्फबाट मन्त्री भएकाले जनताको पक्षमा काम गर्नुपर्छ । कमिशन र भ्रष्ट्राचारमा फस्नुहुन्न भनेर उजुरी गरिएको हो । सातौँ खेलकुदमा ब्यापक कमिशनको खेल भयो । यसमा मन्त्री पनि दोषी छन् ।’ उनलाई तत्काल बर्खास्त गर्न भनेर उजुरी दिइएको हो ।

नेता पुलामीले माओवादीका केही मन्त्रीहरु घुसखोरीमा लागेको भन्दै यसले पहिलो पार्टी बनाउने प्रचण्डको सपना तुहाउने पनि बताए । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा करीव ३० करोड खर्च भएको थियो ।

Daljit Sripali

विशेष