राजनीति

तराई झर्दै एमाले

तराई झर्दै एमाले

माघ ११ । प्रमुख प्रतिपक्षी दल एमालेले मेची–महाकाली तराई–मधेस जागरण अभियान उत्सवका रूपमा मनाउने भएको छ । जागरण अभियानलाई तराई–मधेसका गाउँ–बस्तीमा लगिने र त्यसमा ५०औं लाख जनतालाई सहभागिता गराउने एमालेको लक्ष्य छ ।

मधेसी मोर्चाका नेताले मधेसबाट एमालेलाई बैन्डबाजा बजाएर बिदाइ गर्नुपर्ने बताइरहेका बेला एमालेले भने मधेसका गाउँ–बस्तीका साथै मुख्य सहरकेन्द्रित अभियान उत्सवका रूपमा मनाउन लागेको हो ।

एमाले महासचिव ईश्वर पोखरेलले तराई–मधेस जागरण अभियान कसैको विरोधमा नभई संविधान कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्न, राष्ट्रिय एकता एवं सामाजिक सद्भावलाई सुदृढ गर्न, आर्थिक समृद्धि र राष्ट्रिय स्वभिमानको पक्षमा केन्द्रितहुने बताए ।‘हामीले कसैका विरुद्धमा अभियान सञ्चालन गर्न लागेको होइनौं,’ महासचिव पोखरेलले राजधानीसँग भने, ‘हाम्रो अभियान संविधान, आर्थिक समृद्धि, राष्ट्रिय स्वभिमान एवं राष्ट्रिय एकताको पक्षमा केन्द्रित हुनेछ ।’ पार्टी स्थायी कमिटीको निर्णयअनुसार एमालेले अभियानको तयारी गरेको हो ।

UML

विशेष