राजनीति

निर्वाचनसम्बन्धी दुई वटा विधेयक संसदमा प्रस्तुत हुँदै

निर्वाचनसम्बन्धी दुई वटा विधेयक संसदमा प्रस्तुत हुँदै

माघ ११ ब्यवस्थापिका संसदमा आज निर्वाचनसँग सम्बन्धित दुईवटा विधेयक प्रस्तुत हुदैछन् ।

राज्य ब्यवस्था समितिले सर्वसम्मतिले पारित गरेको निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार तथा मतदाता नामावलीसम्बन्धी विधेयक प्रतिवेदन सहित संसदमा प्रस्तुत गर्न लागेको हो ।

दफावार छलफलकाक्रममा प्राप्त सुझाव र संशोधन प्रस्तावमा जुटेको सहमतिलाई समेटी संसदमा प्रस्तुत हुने ती विधेयक सम्भवतस् संसदले आजै पारित गर्नेछ । प्रमुख दलबीच यही साताभित्र निर्वाचनसँग सम्बन्धित विधेयकहरु पारित गर्ने सहमतिअनुसार, संसदले प्रक्रिया अगाडि बढाएको हो । संविधान जारी भएको झण्डै १६ महिनापछि संसदले निर्वाचनसँग सम्बन्धित विधेयक पारित गर्न लागेको हो । कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना नेतृत्वको ११ सदस्यीय उपसमितिले सहमतिमा तयार पारेका ती प्रतिवेदन समितिको हिजोको बैठकले पारित गरेको हो ।

चुनावको मिति घोषणामा कायम विवाद अन्त्य गर्दै समितिले निर्वाचन आयोगको परामर्शमा सरकारले चुनावको मिति घोषणा गर्ने गरी सहमति जुटाएपछि विधेयक अघि बढ्न लागेका हुन् । समितिले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा फोटो सहित मतदाता परिचयपत्र अनिवार्य गर्ने गरी सहमति जुटाएको छ । ३ प्रतिशत थ्रेसहोल्ड राख्ने गरी दलहरु सहमति नजिक पुगेकाले समितिको आजैको बैठकले सो विधेयकमाथि समेत सहमति जुटाउने सम्भावना छ । दुई वा सो भन्दा बढी दल मिलेर एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने नजाने बिषयमा समेत दलहरुबीच सहमति हुन बांकी छ ।

प्रमुख दलहरु स्थानीय तह निर्वाचनमा जान तयार भएपनि आवश्यक कानुनको अभावमा मिति घोषणा हुन सकेको छैन भने निर्वाचन आयोगले समेत तत्काल कानुन निर्माण भए जेठ १५ भित्र निर्वाचन गर्न सक्ने बताउँदै आएको छ ।

samsad baithak

विशेष