अर्थ राजनीति

ठेकेदारलाई कडा भन्दा कडा कारबाही गर्न सांसद भट्टराईको माग

ठेकेदारलाई कडा भन्दा कडा कारबाही गर्न सांसद भट्टराईको माग

माघ ११ ।  खोटाङ जिल्लाको सदरमुकाम जोड्ने एक मात्र मध्यपहाडी लोकमार्ग अन्र्तगत हलेसी–दिक्तेल सडक कालोपत्रे हुन थालेको छ ।

प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशनमा थालिएको उक्त लोकमार्गमा कालोपत्रे गर्ने क्रममा गुणस्तरहिन सामग्री प्रयोग गरेको भन्दै जिल्लाबासी आक्रोशित भएका छन् । यस बारेमा खोटाङका सांसद विशाल भट्टराईले पनि आफ्नो समर्थन रहेको बताएका छन् ।

उनले भने ‘पूर्वको पशुपति भनेर चिनिने धार्मिक स्थल हलेसीको दर्शन गर्न जाने एक मात्र मध्यपहाडी लोकमार्ग हलेसी दिक्तेल सडकमा गम्भिर लापरबाही रहेको र यसमा सम्बन्धीत निकायलाई तत्काल कारबाही गर्नु पर्ने बताए’ ।

राष्ट्रिय गौरबको आयोजनमा कुनै लापरबाही भए त्यसमा कसैलाई माफ गर्न नसक्ने बताए ।

उक्त सडक दुई वर्षअघिदेखि कालोपत्रे थालिएको सडकमा अहिले ग्राभेलिङको काम भइरहेको छ । सडकमा नुनथलास्थित हुर्लुङ पाखाको कमसल (सेतो, फोस्के) रोडा-ढुङ्गा प्रयोग गरेको पाइएको छ ।

Bishal Bhattarai Khotang Sadak

विशेष