राजनीति

स्त्री काण्डमा मुछिएकालाई नियुक्ति दिएपछि गगन थापा विवादमा

स्त्री काण्डमा मुछिएकालाई नियुक्ति दिएपछि गगन थापा विवादमा

माघ १२ । श्रीमतीले गुन तिर्न खोज्दा श्रीमान बदनाम । यस्तै हालत भएकोछ,मन्त्री गगन थापाको । पारिवारिक र स्वकीय सचिवालयमा रहेका विवादास्पद व्यक्तिका कारण गगनको नाम एकपछि अर्को प्रकरणमा बद्नाम हुँदैछ ।

हालै मात्र स्वास्थ्य सेवा विभागको महानिर्देशकमा कांग्रेस निकट मानिने डा. भीम आचार्यको नाममा टिपेक्स लगाएर स्त्रीकाण्डमा मुछिएका डा. राजेन्द्र पन्तलाई त्यहाँको महानिर्देशक बनाउन गगन भन्दा बढी पत्नी अञ्जना र ठाइँला ससुरा केदारनरसिंह केसी सक्रिय भए । यसरी राजेन्द्र महानिर्देशक नै बनाउन पर्ने बाध्यता के रहेछ भने तीन वर्ष अघि राजेन्द्रले बाल स्वास्थ्य महाशाखाको प्रमुख हुँदा गगन पत्नी अञ्जनालाई सेभ द चिल्ड्रेलको कोअर्डिनेटर बनाइदिएका रहेछन् । –जनआस्था साप्ताहिकबाट

विशेष